गेस्ट हाउसको तेस्रो तलाबाट सुनारलाई फाल्ने तीनजना पक्राउ

  • शोभित मगर
  • प्रकाशित मिति: भदौ १८, २०७६

काठमाण्डौ / नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पु¥याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई आज दिउँसो पक्राउ गरेको हो।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो। फरार दुईजनाको खोजी भइरहेको बोगटीले बताउनुभयो। गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ। - तस्विर गुगलबाट


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved