स्याङ्जा / स्याङ्जाको हरिनासमा बावु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। हरिनास गाउँपालिका– ३ मग्यामचिसापानी, ललईका ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजनको हत्या भएको प्रहरीले जनाएको छ।

सोमबार राति घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। यसबारे थप विवरण भने आउन बाँकी छ।

एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तिले हतियारले हानिरहेको देखेको बताउनुभएको छ।