तीजको व्रत बसेकी श्रीमतीको खुर्पा प्रहार गरी हत्या

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ १७, २०७६

रुकुम / रुकुम पश्चिममा नविन खड्काले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविनले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेका हुन्।

अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो।

उहाँका अनुसार श्रीमतीको हत्या गरी फरार भएका नविनलाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्रक्राउ गरिएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved