चलचित्र निर्देशक कमल एक्चाँई मगर र कलाकार तथा मोडल मुना कार्कीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन्। पर्फ्िर्मङ आर्ट क्रिएसनको प्रस्तुति रहेको यो कार्यक्रम जेठ १८, शुक्रबारदेखि युट्युबमार्फत सार्वजनिक गरिएको हो।

कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेको कार्यक्रमलाई चलचित्र निर्देशक कमल एक्चाँई मगरले निर्देशन गरेका छन्। कार्यक्रमको पहिलो एपिसोडमा युवा चलचित्र निर्देशक दीपक ओली र कलाकार तथा रङ्गकर्मी भोला सापकोटासँगको भलाकुसारी हेर्न सकिने छ।

युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक हुने कार्यक्रमका निर्माता कमल रानाले जानकारी दिनुभयो। पर्फर्मिङ आर्ट क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको कार्यक्रम प्रस्तोता मुना कार्कीले जानकारी दिइन्।

पछिल्लो समय नेपालमा युट्युबमार्फत थुप्रै किसिमका कार्यक्रम सार्वजनिक हुने गरेपनि कतिपय कार्यक्रम भने अश्लिल र धेरै दर्शक तान्ने उद्देश्यले मात्रै निर्माण गर्ने गरिएको छ। बिदेशी युट्युबरहरुले स्तरीय र राम्रा कार्यक्रम निर्माण गर्ने गरे पनि नेपालमा भने युट्युब च्यानलकै लागि भनेर त्यस्ता कार्यक्रम निर्माणको संख्या निकै कम छ।

‘प्याक सो विथ टु’ ले राम्रो र स्तरीय कार्यक्रम हेर्न चाहने युट्युबका नेपाली दर्शकको चाहना पूरा गर्ने निर्देशक मगरले विश्वास व्यक्त गरे। कार्यक्रमको प्रस्तुतिसँगै प्राविधिक पक्ष पनि निक्कै राम्रो रहेको उनको भनाइ छ।

भिडियो लिंक