एजेन्सी / बेलायती पूर्व मोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया होडले स्वयंले पालेको कुकुरसँग विवाह गरेकी हुन्l

मोडल होडले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि कुकुरसँग विवाह गरेको बताएकी छन्। उनको एक २५ वर्षीय छोरा समेत छन्l बारम्बारता सम्बन्ध विच्छेद र प्रेममा असफल भएका कारण स्वयंले दिगोपन सम्बन्ध चाहेको होडको भनाइ छl

इलिजावेथका अनुसार कुकुर मानिस जस्ता जाली र धोकेबाज हुँदैनl कुकुरसँग विवाह गरे पश्चात् पुरुष किन चाहियो भन्ने प्रश्न पनि होडले गरेकी छन्l