एजेन्सी / सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ।

अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ। अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ।

त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ। त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौ :

अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ। त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ। केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ। यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ।