काठमाण्डौ / अभिनेता पल शाहले अभिनेत्री आँचल शर्मालाई आफूसँग जोडेर गाली नगरिदिन आग्रह गरेका छन्। नेपाली सिने क्षेत्रमा ‘आँप’ जोडीको नामले चिनिन्छन् आँचल र पल। सिने क्षेत्रमा एकै साथ डेब्यु गरेका पल आँचलको नाम सुरुवातबाट नै जोडिँदै आएको छ।

चलचित्र बजारमा आँचल बिना पल र पल बिना आँचलको जोडी कसैसँग मिल्दैन भन्ने हल्ला पनि नचलेको होइन। यतीसम्म कि यी दुईको विवाह भएको हेर्न चाहने दर्शकहरूको पनि कमी थिएन र छैन पनि।

तर पलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘आज स्पष्ट पार्न चाहन्छु, आँचल र म सधैँ राम्रो साथी थियौँ र रहनेछौँ। केही दिन देखि सामाजिक सञ्जालहरूमा आँचलजीलाई गाली गलौज गरेको देखिरहेको छु। यसैले उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत बुझेर उहाँलाई गाली नगरिदिनुहोला।’

यस्तो छ पलको स्टाटसः
“मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ, आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ। सबै अफबाह थियो। केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाँको नयाँ जिबन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सन्जालमा उहाँलाई गाली नगरिदिनु होला। उहाँको नयाँ जिबनको खबरलाई मसंग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला।

साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु। तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !!  आप जोडी थियौ छौ रहनेछौ !
अन्तमा उहाँको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना।।”