सिरहा / बालक अपहरण गरी भरततर्फ लैजान लागेको बेला बालकसहित अपहरणकारी पक्राउ परेका छन्।

रौतहट घर भई सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन्। मुखियाले सिरहा कर्जन्हवा बस्ने यादवलाई डेराबाटै अपहरण गरेको सिराहा प्रहरीले जनाएको छ।

बालक अपहरणमा संलग्न मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो।

उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले जनाएको छ।