मनुष्य हुँ,
धर्म छैन काम छ,
कर्म छैन जेसुकै होस केहि गुनासो छैन
केही नभए पनि तेहि
केही नभएको भित्र केही त छ।
आतंकको उत्कृष्ट रातले भोलिको इतिहास जन्माइरहेको छ
हामी तेहि इतिहासलाई काखी च्यापेर बर्तमान हिडिरहेछौ
बिचारको बस्तीबाट मनुष्य बसाई सरेको बेला
बन्दकिमा देश रोइरहेछ
समय, युगको अप्ठ्यारो सडकमा लमतन्न पल्टिँरहेछ एकातिर,
हामी मनुष्य राष्ट्रियताको बिरुद्धमा
बन्दुकको जुलुस लगाएर एकता खोजिरहेछौ
रगतको पोखरीमा डुबुल्की मारेर शान्ति खोजिरहेछौ
मानवता घाइते भएको छ
अहिले समय,
हिटलरको कालकोठरिमा जकडिएको छ
आस्थाको दिप निभेको छ
बिश्वास बलात्कृत भएको छ हामी मनुष्य !!
मानवताको भाषा बोल्न जान्दैन अस्पष्ट र अँध्यारो छ
इच्छा चाहानाहरु स्वार्थले लुटपुटिएका
हामी मनुष्य हामी मनुष्य
मनुष्यकै संसारमा पशु जस्तो बचिरहेका छौ
मनुष्य हँु, धर्म छैन काम छ,कर्म छैन ।