काठमाण्डौ / रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ प्रतिस्पर्धी सुशील गर्तौलाले पहिलो गीत ‘पहिलो यो माया’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द धन बहादुर गोपाली र संगीत श्री केसीको छ। गीतको म्यूजिक भिडियोमा मोडेल शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ। गीतको भिडियो पनि आकर्षक बनेको छ।

उत्सव दाहालले छायाँकन रहेको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन्। सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।