काठमाण्डौ / १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका १४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका १ घर भएका २३ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ महानगरपालिका १४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो।

हाल फरार रहेका मदन थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।