एजेन्सी / सेल्फी खिचेर फेसबूक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिहरू आत्मकेन्द्रीत र कम सफल हुने गरेको अध्ययनले देखाएको छ।

अमेरिकाको वाशिङटन स्टेट विश्वविद्यालयका अनुसन्धाताहरूले सयौं इन्स्टाग्राम अकाउन्टको विश्लेषण गरेर यो कुरा पत्ता लगाएका हुन्। कुनै व्यक्तिले जति कम सेल्फी फेसबूकमा पोस्ट गर्छ, त्यो व्यक्तिलाई त्यति नै रुचाइने गरिएको उनीहरूले पाए।

अर्काले खिचिदिएको फोटो अप्लोड गर्नेहरू भन्दासेल्फी खिच्ने व्यक्तिहरू पनि आफूलाई असुरक्षित अनुभव गर्ने र नयाँ अनुभव गर्न नचाहने भेटिएका छन्।

विश्वविद्यालयका प्राध्यापक क्रिस ब्यारीले अध्ययनका लागि दुई समूहका विद्यार्थीको आँकडा विश्लेषण गरेका थिए। त्यसमा सेल्फि खिँच्न रुचाउनेहरुमा समस्या देखिएको थियो।