काठमाण्डौ / प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो। जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ।

साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ।

हिन्दू शास्त्र अनुसार महिलाहरु लाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ। महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो।

कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ।