काठमाण्डौ / घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने सुमन खड्कालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाण्डौ महानगरपालिका बस्दै आएका २८ वर्षीय खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा बलात्कार गरेका थिए। त्यसपछि पनि उनले काठमाण्डौमा विभिन्न ठाँउमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए।

मोहन परियारले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटकले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एकदिन कैदको सजाय सुनाएको थियो। तर, उनी त्यसयता फरार रहँदै आएका थिए।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले खड्कालाई गत भदौ ८ गते काठमाण्डौको क्षेत्रपाटीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ।