मकवानपुर / मकवानपुर प्रहरीले महिलालाई बलात्कार गरेको आरोपमा बिक्रम ब्लोनलाई पक्राउ गरेको छ।

मकवानपुरकै २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राक्सिराङ गाउँपालिका १ कुविनटारका ४२ वर्षीय ब्लोनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।

ब्लोनले ती महिलालाई गत शुक्रबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।