बलिउडका कलाकार हलिउडमा प्रभुत्व जमाउने सपना देख्छन्। हलिउडमा प्रवेश पाउनुलाई जीवन सार्थक भएको उपलब्धि ठान्छन् तर अहिले शब्दकोष फेरिदै गएको छ।

विदेशी कलाकार बलिउडतर्फ आकर्षित हुने गरेका छन्। कटरिना केफ, ज्याकलिन फर्नान्डिज यसअघि नै बलिउड उद्योगमा स्थापित भइसकेका छन्।

अबको पालो टर्किस सुन्दरी हेडी एर्सेलको। उनी राहुल मिश्राको फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन्।

फिल्ममा अभिनय गर्ने हिरोको भने टुंगो लागिसकेको छैन्। टर्किस सुन्दरीको बलिउड यात्रा वास्तवमा अग्निपरीक्षा हो। अभिनयको कसीमा उनी कसरी उत्रन्छिन, त्यसपछि मात्र मूल्यांकन गर्न सकिन्छ।