एजेन्सी / बलिउड अभिनेत्री अनुष्का शर्मा चलचित्र निर्माता, पशु अधिकारकर्मी र व्यवसायी पनि हुन्। उनी आफूमा भएको सकारात्मक विचारको प्रयोग गर्दै सामाजिक सञ्जालमा खुशी फैलाउने काममा लागेकी छिन्।

अनुष्काले सामाजिक सञ्जालमार्फत एक भिडियो पोस्ट गरेकी छिन्। त्यस भिडियोमा उनी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका सकारात्मक कमेन्टहरु पढिरहेकी छिन्। भिडियोसँगै उनले ‘इन्टरनेटमा अब सकारात्मक कुराको समय’ लेख्दै ह्यासट्याग ‘ह्याप्पी ट्वीट’ र ह्यास ट्याग ‘लभ एण्ड लाइट प्रोजेक्ट’ लेखेकी छिन्।

दैनिक जीवनमा इन्टरनेटको बढ्दो प्रयोगसँगै यसका नकारात्मक असरहरु पनि देखिन थालेका छन्। सामाजिक सञ्जालमा पोस्ट हुने तस्बिर र स्टाटसहरुमा हुने नकारात्मक टिप्पणी र त्यसमा गरिने कमेन्टमा लेखिने गालीहरुले सामाजिक सञ्जालमा नकारात्मकता फैलाइरहेको छ। यसै विषयमा अभिनेत्री अनुष्का शर्माले ‘लभ एण्ड लाइट’ नामक एक नयाँ प्रोजेक्ट सुरु गरेकी छिन्।

जसअन्तर्गत इन्टरनेटलाई सकारात्मक ऊर्जाको स्रोतको माध्यम बनाउन सकियोस्। अनुष्काका अनुसार जुन मोबाइल फोनलाई हामी आफ्नो हातबाट कहिल्यै टाढा नहोस् भन्ने चाहन्छौँ, त्यसको माध्यमबाट हामी आफ्नो वरिपरिको दुनियाँमा एक छुट्टै किसिमको खुशीयाली पनि ल्याउन सक्छौँ।

aa 2

अनुष्कालाई उनको यस नयाँ प्रयासका विषयमा सोध्दा भनिन्, ‘डिजिटल मिडियाका कैयौँ फाइदाहरु छन्। यसले संसारलाई धेरै नजिक ल्याइदिएको छ र यसले हामीलाई समान विचारधारा भएका मानिसहरुसँग जोड्ने र असल विचारधारा भएका समूहको रचना गर्न एक सुन्दर मौका प्रदान गराउँदछ। जब केही मानिस इन्टरनेटलाई घृणा फैलाउनका लागि प्रयोग गरिरहेका छन् भने जीवनलाई सकारात्मक रुपमा देख्ने मानिसले पनि त्यसको विरोधमा खुलेर अगाडि आउनु पर्छ।’

अनुष्काले अगाडि भनिन्, ‘सामाजिक सञ्जालमा युवा, संस्कृति र समाजलाई प्रभावित गर्नसक्ने शक्ति छ र यदि हामी सकारात्मक कुराहरुलाई अघि बढायौँ भने यसले समाजमा रचनात्मक भूमिका खेल्छ।

anusk आफूसँग अरुलाई पनि साथमा जोड्ने पहल, नयाँ सम्बन्धहरु बनाउनतर्फ जोड र हाम्रो वरिपरि रहेका मानिसप्रति कृतज्ञता र सम्मानको भावना आदि जस्ता कुराहरु सामाजिक सञ्जालमाफर्त गर्न आवश्यक छ। ‘लभ एण्ड लाइट’ एकअर्कालाई रचनात्मक तरिकाले  मानवीय रुपमा जोड्ने सामाजिक प्रयोग हो।’

अनुष्काका अनुसार हामीले दिनमा एक अन्जान व्यक्तिको अनुहारमा मुस्कान ल्याउन सक्यौँ भने समाजलाई स्वस्थ, सहज र सुन्दर बनाउन सहयोग पुग्नेछ।