एजेन्सी / भारतीय अभिनेत्री करीना कपूर पछिल्लो समय आफ्ना पति सैफअली खान र छोरा तैमुरअली खानसँग लण्डनमा समय बिताइरहेकी छिन्। सैफ त्यहाँ आफ्नो अघिल्लो फिल्म ‘जवानी जानेमन’ को छायांकन गरिरहेका छन्। करीना पनि शूटिङका सिलसिलामा लण्डन र मुम्बई आउजाउ गरिरहेकी हुन्छिन्।

करीनाले छोरा तैमुरसँगका आफ्ना तस्वीर त शेयर गरिरहेकी हुन्छिन्। यतिबेला भने उनी आफ्नो विना मेकअपको तस्वीरका कारण चर्चामा छिन्। उनको तस्वीरमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन्। कतिले त उनले खानामा ख्याल गर्नुपर्ने पनि सल्लाह दिएका छन्। फ्यानले उनलाई पहिलेको तुलनामा बढी उमेरकी देखिएको भन्दै कमेन्ट गरेका छन्।
kareena non meckup

कामको कुरा गर्दा उनी यसअघि फिल्म ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन्। अब उनी अक्षय कुमारका साथ फिल्म ‘अङ्ग्रेजी मिडियम’ मा देखिँदैछिन्। उनले करण जोहरको फिल्म ‘तख्त’ पनि साइन गरेकी छिन्।