इटहरी / देशका विकासका लागि नागरिक स्वास्थ्य हुनुपर्ने हुनुपर्छ। भनिन्छ, स्वस्थ्य जीवन नै स्वस्थ्य मष्तिस्कको उपज हो।

यस्तो महत्वपूर्ण भूमिकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षै देखि राज्य तहबाटै उपेक्षित हुँदै आएको छ। यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ। ‘जनताललाई सुलभ सेवा दिन भने अझै १९ हजार डाक्टरको अभाव छ, ६७ हजार नर्स छैनन्,‘ स्वास्थ्य क्षेत्रको पीडा पोख्दै स्वास्थ्यमन्त्री यादवले प्रश्न गर्नुभयो, ‘यस्तो अवस्थामा कसरी सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिन्छरु’

स्वास्थ्य मन्त्री यादवकै अनुभवमा राज्यको उपेक्षाका कारण स्वास्थ्य क्षेत्रमा बग्रेल्ती समस्याले भरिएको छ। ३ हजार पाँच सय विशेषज्ञ डाक्टरको आवश्यक हुँदा ७ सय मात्रै डाक्टर उपलब्ध रहेका छन्। त्यस्तै २० हजार डाक्टरको आवश्यक पर्दा १३ सय मात्रै डाक्टर उपलब्ध रहेका छन्। ८० हजार नर्सको आवश्यकता परेकोमा अहिले सम्म १३ हजार नर्स रहेको तथ्यांक रहेको छ। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।