एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले हलिउडमा डेब्यू गरेका छन्। वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ मार्फत उनीहरुले हलिउडमा डेब्यू गरेको रोयटर्सले जनाएको छ।

ओहायोमा रहेको औद्यौगिक क्षेत्रमा आधारित ‘अमेरिकन फ्याक्ट्री’ निकै नै समयसान्दर्भिक रहेको समीक्षकहरुले बताएका छन्।

जनरल मोटर्सको प्लान्ट रहेको ठाउँमा चिनिया कम्पनी स्थापना भएको र त्यसपछिका घटनाक्रम समेटिएको वृत्तचित्र नेटफ्लिक्स र हाइअर ग्राउण्डले उत्पादन गरेको हो। हाइअर ग्राउण्ड अमेरिकाका पूर्व राष्ट्रपति र प्रथम महिला मिसेल ओबामाले गएको वर्ष मात्रै स्थापना गरेको उत्पादन कम्पनी हो।

वृत्तचित्रमा सन् २००८ को आर्थिक मन्दीका क्रममा ओहायोमा रहेको मोराइनमा अटो क्षेत्रबाट पलायन भएका कामदारको कथा समेटिएको छ। जुन कामदारलाई ६ वर्षपछि चिनियाँ कम्पनी फुयायो ग्लासले फेरि काममा राखेको थियो। मानिसहरुले अरु कसैको जीवनलाई नजिकबाटै हेरुन र बुझुन भन्ने आफूहरुले चाहेको पनि बाराक ओबामाले बताए।