बाँके / आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गएको असार २१ गते बलात्कार भएको थियो।

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग चार लाख रुपैयाँ लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुवै पक्षका १० जनालाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।