एजेन्सी / आयुष्मान खुराना ती सेलिब्रिटीमध्ये एक हुन् जसले आफ्नो बलबुँतामा उद्योगमा ठाँउ बनाएका छन्। उनलाई उनको शानदार अभिनयका लागि नेशनल अवार्डसमेत दिइएको छ। यस्तोमा उनको चर्चा बढ्नु स्वभाविक नै हो।

रिपोर्टलाई मान्ने हो भने स्टारडम बढेपछि आयुष्मानले आफ्नो पारिश्रमिक बढाएका छन्। जानकारीका अनुसार आयुष्मानले विज्ञापन गर्नका लागि जुन पारिश्रमिक लिन्थे त्यसमा तीन गुणा बढोत्तरी गरेका छन्।

यतिमात्र होइन, उनले आफ्नो चलचित्रको पारिश्रमिक पनि बढाएका छन्। अब उनी पछि महँगा सेलिब्रिटीको सूचीमा समावेश भएका छन्।

हुन त यसमा दुई मत छैन कि आयुष्मान हिट मात्रै नभई राम्रो व्यापारको पनि ग्यारेन्टी बनेका छन्। त्यसैकारण उनलाई अहिले अफरको कमी छैन। विशेष कुरा के छ भने हरेक चलचित्रमा आयुष्मानको अभिनय पनि माझिएको छ।