एजेन्सी / भारतको हैदराबादको मलकाजगिरी इलाकाको कृष्णानहर कोलोनीमा एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन्। रेल विभागबाट अवकाश पाइसकेको ८० वर्षका कृष्णसुधिर मूर्तीको शुक्रबार उनकै आफ्ना छोराले निर्ममतापूर्वक हत्या गरेका थिए र शवलाई टुक्रा–टुक्रा पारेर प्लास्टिकको बाल्टीमा भरेका थिए।

घरबाट दुर्गन्ध फैलिएपछि छिमेकीले पुलिसलाई जानकारी दिएपछि घटनाबारे पर्दाफास भएको हो। त्यसपछि जब आइतबार यसबारे खुलासा भयो तब मानिसहरुको होस् उड्यो। अचम्मको कुरा के छ भने यो निर्मम हत्यामा छोरालाई आमा र बहिनीले पनि साथ दिए।

पुलिसले आरोपी मुरली, मृतककी श्रीमती गया छोरी प्रफ्फुललाई पक्राउ गरेको छ। जब पुलिसले सोधपुछ गरे तब सुधिर मूर्तीको हत्याको अपराध स्विकार गरे। उनीहरुका अनुसार सुधिर मूर्ती रक्सी पिएर उनीहरुलाई तनाव दिने गर्दथे। उनीहरुका अनुसार जब उनीहरुको धैर्यताको बाँध टुट्यो तब उनीहरुले तरकारी काट्ने चक्कुले सुरुमा उनको हत्या गरे र त्यसपछि शवलाई टुक्राटुक्रा पारे।

एसीपी जी सन्दिपले घटनास्थलबारे जानकारी दिँदै भने, ‘शवको टुक्रा ६–७ वटा बाल्टीमा राखिएको थियो। घरमा दुई महिला थिए जो मृतककी श्रीमती र छोरी हन्। महिलाले उनको छोराले सुधिरको हत्या गरेको र त्यही चक्कलुले शवलाई टुक्रा–टुक्रा पारेको बताइन्।’ त्यसपछि उनीहरुले शवको टुक्रालाई बाल्टीमा हालेर त्यहाँबाट भागे।