एजेन्सी / कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ। वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन्। पुलिसले यसबारे जानकारी दिएको हो।

पुलिसका अनुसार कोमल आफ्नी छोरीलाई ट्युशन छोड्न गएका थिए, त्यतिबेला नै बेला मल्लेश्वरममा यो घटना भएको हो। ती युवक नशामा भएको पनि आरोप लगाइएको छ।

पुलिसका अनुसार कोमलको अनुहारमा केही चोट लागेको छ। उनलाई घटनापछि अस्पताल लगिएको र सामान्य उपचारपछि उनलाई घर लगिएको छ। जानकारीका अनुसार जब अभिनेतामाथि कुटपिट भइरहेको थियो तब स्थानीयले घटनामाथि हस्तक्षेप गरे जसका कारण अप्रिय घटना हुन पाएन।

जानकारीका अनुसार घटना मंगलबारको हो। सबै आरोपीलाई पक्राउ गरिसकिएको छ।