पर्सा / पर्साको कालिकामाई–५ मा संगीतादेवी कुर्मीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीय ३५ वर्षीया कुर्मीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ।

नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भन्नुभयो, ‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको छ।’

प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए। ‘हामीले मनोविश्लेषक बोलाएर उनीहरुसँग पनि सोधपुछ गर्ने तयारी गरिरहेका छौं’, सिंहले भन्नुभयो।

कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।