काठमाण्डौ / अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको बलिउड र हलिउड दुवैतिर चर्चा हुन्छ। दुवैका संसारभर कैयौं फ्यान छन्। तर यी दुवै नायिको सामाजिक सञ्जालमा फेक फलोअर्स लिस्टको टप १० भित्र छन्।

यी दुई अभिनेत्रीका अलावा क्रिकेटर विराट कोहली पनि यो लिस्टमा सामेल भएका छन्। विराटको फेक इन्स्टाग्राम र ट्विटर फलोअर्सको संख्या ४४ प्रतिशत रहेको छ।

हालै सार्वजनिक भएको एक रिपोर्टमा १० औँ सूचीमा प्रियंका चोपडा छिन्। इन्स्टाग्राममा उनका ४३ प्रतिशत फलोअर्स फेक (नक्कली) छन्। यस्तै छैठौँ नम्बरमा दीपिका पादुकोण छिन्। उनका उनका ४५ प्रतिशत फेक फलोअर्स छन्। इन्स्टाग्राममा प्रियंकाका ४३ मिलियन र दीपिकाका ३७ मिलियन फलोअर्स छन्।

fack

लण्डनमा अवस्थित द इन्स्टिच्युट अफ कन्टेम्पोररी म्युजिक परफर्मेन्स (आईसिएमपि)ले गरेको एक अध्ययनबाट यो कुरा पत्ता लागेको हो। यसमा विश्वभरिका सेलिब्रेटीहरुको मिडिया फलोअर्सको बारेमा अध्ययन गरिएको थियो। जसमा प्रिंयका र दीपिकाको इन्स्टाग्राममा नक्कली फलोअर्सको संख्या निकै बढी देखाएको हो।

यो सूचीमा सबैभन्दा माथि टोक शो होस्ट डीजेनर्स छन् । जसका ४९ प्रतिशत फेक फलोअर्स छन्। -एजेन्सी