एजेन्सी / हलिउड, बलिउड होस् वा टेलिभिजन स्टार सबैलाई सुन्दरी र सबैभन्दा फरक देखिने होड नै चलेको छ। ग्ल्यामरस दुनियाँमा आफूलाई फरक रुपमा उभ्याउँन जे पनि गर्न पछाडि पर्दैनन्। विशेषः यो क्षेत्रका सुन्दरीहरुमा आफ्ना अंगहरुलाई नयाँ स्वरुप दिन निकै शौख बढ्दै गएको छ। त्यसको लागि प्लास्टिक सर्जरीको साहारा लिने प्रचलन बढ्दै गएको छ।

धेरैजसो सुन्दरीहरुले आफ्नो ओठलाई आर्कषक बनाउने, स्तनलाई कसिलो र ठूलो बनाउने, नाकलाई सही आकार दिने साथै आफ्नो रङ्गलाई पनि परिवर्तन गर्ने गरेका छन्। प्लास्टिक सर्जरी सुन्दर बनाउने प्रविधि हो। तर यो कहिले काँही बिग्रिदा यसले रुपलाई बिरुप पारिदिन्छ। 

बलिउड र हलिउडमा प्लाष्टिक सर्जरीको साहारा लिएर आफूलाई सुन्दर बनाउँन खोजेका धेरै सुन्दरीले आफ्नो वास्तविक सुन्दरता गुमाएर कुरुप बनेका छन्। 

कोइना मित्रा 
पहिलोपटक बलिउड अभिनेत्री कोइना मित्राको प्लाष्टिक सर्जरीका कारण सुन्दरता गुम्यो। उनले सन् २०११ मा नाकको प्लाष्टिक सर्जरी गराएकी थिइन्। उनले गराएको प्लाष्टिक सर्जरी बिग्रियो।

उनले एक अन्तर्वार्तामा प्लाष्टिक सर्जरीको ‘साइड इफेक्ट’ ले हड्डी फुलेको र डाक्टरले पनि औषधि र भगवान् भरोषा छोडिदिएको बताएकी थिइन्। 

अमोन्डा लेपोर 
ट्रान्सजेन्डर मोडेल तथा रेकर्डिङ्ग आर्टिस्ट अमोन्डा लेपोरले जवान देखिनको लागि सर्जरी गराएकी थिइन्। सर्जरीपछि उनी अजिब देखिन थालिन्। 

आयशा टाकिया
बलिउडमा आफ्नो ‘क्युटनेश’ ले धेरैको मनमा बस्न सफल भएकी आयशाले थुप्रैपटक सर्जरी गराएकी थिइन्। तर पछिल्लो पटक उनको अनुहार विग्रियो।

फराह अब्राहम
अमेरिकी रियालिटी शो स्टार तथा मूजिशियन फराह अब्राहमले ओठको सर्जरी गराएकी थिइन्। पहिलो पटक सर्जरी बिग्रिएपछि उनलाई डाक्टरले फेरि सर्जरी नगर्न सुझाव दिएका थिए तर उनले डाक्टरको सल्लाह मानिन् र उनले दोस्रो पटक सर्जरी गर्दा सुन्दरता गुमाइन्।

मोनी रोय
मोनी रोयले ओठ बढाउनको लागि र रङ्ग सफा गर्नको लागि सर्जरीको सहारा लिएकी थिइन्। तर उनको ओठ धेरै फुलेपछि उनी ट्रोलको सिकार भइन्। 

डोनाटेला वर्सेस
चर्चित इटालियन फेशन डिजाइनर डोनाटेला वर्सेसले पनि सर्जरी गराएका कारण आप्नो अनुहारको सबै रुपरङ्ग नै बिगारिन्। 

कोर्टनी लव
रक स्टर, गायिका तथा लेखक कोर्टनी लवले आफ्नो ओठको सर्जरी गराएकी थिइन्। तर यसमा उनको अनुसहार बदलिएर गयो। 

सलीन वाइल्डस्टिन
जोसलीन वाइल्डस्टिन अमेरिकी सामाजिक अभियन्ता हुन्। उनको प्लास्टिक सर्जरीपछि अनुहार विग्रिदै गयो। उनले करिब ११ पटक सर्जरी गराएकी थिइन्। उनले ओठ, आइब्रोको पनि सर्जरी गराएकी थिइन्। जसले गर्दा उनको अवस्था निकै नराम्रो भयो। सर्जरी पछि उनलाई सिंह जस्तै देखिन थाल्यो।

किम्बर्ली जोन्स
अमेरिकन पप र्यापर, मोडल तथा अभिनेत्री किम्बर्ली जोन्सले पनि आफ्नो ओठ, स्तन र नाकको सर्जरी गराएकी थिइन्। सर्जरी पछि उनको अनुहार झनै विग्रियो।

मेलानी ग्रिफिथ
अमेरिकी फिल्म, स्टेज तथा टेलिभिजन अभिनेत्री मेलानी ग्रिफिथको अनुहार सर्जरीको कारण पूरै बदलियो।