bhaisee  सुनसरी–राष्ट्रिय भैसी अनुसन्धान केन्द्र इटहरी तरहराले बिभिन्न जातको भैसीहरुको बर्ण सुधारसँगै उन्नत नश्लको भैँसी जातमा सुधार गर्ने क्रममा सफलता हात पारेको छ। स्थानीय परम्परागत जातको भैँसीसंँग पाकिस्तानी निलिरभी नयाँ एवं उन्नत नश्लका पाडापाडी उत्पादन गर्ने कार्यमा भैसी अनुसन्धान बिज्ञहरुले सफलता हात पारेका हुन।

भैसीको उन्नत जातको संरक्षण र अनुसन्धान गर्दै आएको राष्ट्रिय भैँसी अनुसन्धान केन्द्र तरहराले स्थानीय जातका भैसीसंँग पाकिस्तानको उन्नत नश्लको निलिरभी जातको भैसीसँग बर्णशंकर गराई उन्नत जातको पाडापाडी उत्पादन गर्ने अनुसन्धान कार्य हालै सफल भएको केन्द्रले जनाएको छ।

बिज्ञ बैज्ञानिकहरुको अभाव झेल्दै आएको अनुसन्धान केन्द्रले सिमित बैज्ञानिकहरुलाई अधिकतम परिचालन गर्दै पाकिस्तानमा पाइने निलिरभी जातको भैसीको नेपालमा पाईदै आएका स्थानीय प्रजातका मुर्रा, अर्ना,लिमे, पारकोटे जस्ता स्थानीय उन्नत नश्लका स्थानीय जातका भैँसीसंँग नश्लसुधार गराई नयाँ जातको पाडापाडी जन्माउन सफल भएको राष्ट्रिय भैसी अनुसन्धान केन्द्र तरहराका संयोजक रामवली साहले जानकारी दिनुभयो।

उहाँले स्थानीय बिभिन्न जातका भँैसीसँग पाकिस्तानी जातको भैसीसँगै बर्णशंकर सुधार गर्दै निलिरभी जातसंँग ६वटा पाडापाडी उत्पादन भईसकेको समेत भन्दै पाकिस्तानबाट राँगाको(सिमेन) बीज ल्याएर स्थानीय जातका भैसीहरुसंँग गर्भाधान गराई त्यस्तो उन्नत नश्लको भैसी सिफारिस भएको बताईएको छ।

अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि पालिदै आएका स्थानीय जातका भैसीसंँग उन्नत जातको भैसीको बीज गर्भाधान गराई जन्माइएका भैसीका जातहरु दुधालु, बलिया मासुका लागि पनि उपयुक्त हुने पशु प्राविधिक स्थानेश्वर दासले जानकारी दिनुभयो।

नेपालमा हाल ५० लाख वटा बिभिन्न जातका भैँसी पालनमा रहेका भएपनि माग अनुसारको दुध र मासु पुर्‍याउन नसकिएका कारण भैसीको उन्नत जातको अनुसन्धान गर्न थालिएको हो। मुलुकमा ७० प्रतिशत दुधको माग र ६५प्रतिशत मासुको माग भैँसी जातले नै पुरा गर्दै आएको अनुसन्धानले देखाएको केन्द्रले जानकारी दिएको छ।