एजेन्सी / बलिउडकी अहिलेकी चर्चित गायिका नेहा कक्कर फेरी निजी खबरका कारण अहिले चर्चामा रहेकी छन्। केहि समय अघि आफ्ना लामो समयदेखिका प्रेमी हिमांशु कोहलीसँगको ब्रेकअपका कारण निकै चर्चामा आएकी थिइन्।

ब्रेकअपका कारण नेहा डिप्रेसनमा समेत गएकी थिइन्। सामाजिक संजालमा निकै सक्रिय नेहाले आफ्नो निराशा सामाजिक संजालमा समेत व्यक्त गरेकी थिइन्।

नेहाको ब्रेकअपकोको खबर सेलाउन नपाउदै अहिले नेहाको अफ्येर्स इन्डियन आइडलका एक प्रतियोगीसँग सुरु भएको खबर अहिले बाहिर आएको छ। मिडिया रिपोर्टसका अनुसार नेहा र इन्डियन आइडलका प्रतियोगी विभोर पराशरसँग अफ्येर्समा रहेको उल्लेख गरिएको छ।

Vibhor-Parashar विभोर इन्डियन आइडल सिजन १० का प्रतियोगी थिए जसमा नेहा जजको रुपमा थिइन्। इन्डियन आइडलपछि नेहाले विभोर र अर्का प्रतियोगी कुशाल पण्डितसँग कैयौ टुर समेत गरेका थिए। सोहि टुरका बीच दुवै नजिक भएको र अफ्येर्स सुरु भएको चर्चा अहिले गरिएको छ।

मिडियामा नेहा र विभोरको अफ्येर्सको खबर चर्चामा आउँ थाले पछि विभोरले एक अन्तर्वार्ता दिदै यो अफवाह भएको र आफुले नेहालाई सम्मान गर्ने बताएका छन्। उनले आफु अहिले चर्चामा हुनुमा नेहाको हात भएको भन्दै यस्तो कुरा सुनेर आफु हैरान भएको बताएका छन्। यस विषयमा नेहाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्।