एजेन्सी / फरहान अख्तर र शिबानी दांडेकरले आफ्नो सम्बन्धबारे केही नभनेपनि जबजब उनीहरु सँगे हिँड्छन् तब उनीहरु बीच केही चलिरहेको छ भन्ने भान हुन्छ।

हालै फरहान र शिबानी मुम्बईको बान्द्रामा देखिए। दुबे एउटा कारभित्र थिए। तर जब शिबानीको नजर पपराजीमा पर्यो तब उनले आफ्नो मुख लुकाइन्।

शिबानीले आफ्नो अनुहार क्यामरामा कैद नहोस् भनेर पूरा कोसिस गरिरहेकी थिइन्। शिबानीको अनुहारको भाव त परिवर्तन भयो नै क्यामरा देखेर फरहान पनि बेचैन देखिए।

फरहान र शिबानीलाई धेरैजसो सँगै देखिन्छ। आजकाल उनीहरुलाई बलिउडका हट एण्ड ह्यापनिङ कपलको रुपमा धेरैले हेर्ने गर्छन्। फरहानको अधूनासँग विवाह भएको थियो तर विवाहको १५ वर्षपछि दुबै अलग्गिए।