पहिलो पतिको परित्यागपछि  ९ वर्ष कान्छो अर्जुन कपुरसंग सम्बन्धमा रहेकी बलिउड एक्ट्रेस मलाइका अरोडाले माल्दिभ्सबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन्। यसअघि अर्जुन कपूरसंग छुट्टी मनाउन अमेरिकाको न्यूर्योक पुगेकी मलाइका माल्दिभ्समा भने एक्लै देखिन्छिन्। समुद्रभित्र पानीको लहर र बाहिर उनका रंगरंगका फोटा छन्। 


मलाइका व्यक्तिगत जीवनशैली र फिटनेसका दृष्टिले सधैं चर्चित मानिन्छिन्। उनले एउटा म्यागजिनका लागि माल्दिभ्समा फोटो सूट गरेको बताएकी छन्। समुद्रको नीलो पानीको पृष्ठभूमिमा मलिका कालो रंगको कपडामा प्रस्तुत भएकी छन्।