त्यो बस्ती
हिजो आज
दिउसै मातेको देख्छु
कतै रुँदै गरेको
कतै हाँस्दै गरेको देख्छु

रङ्गमञ्चिय नाटक जस्तो देख्छु
सुर्यको किरणले छक्याएको रात जस्तै
निष्पट अँध्यारो, कालो देख्छु
रात्रीको एक झल्को सपनाजस्तै
छेलिएको यथार्थ भ्रम देख्छु
खै कस्तो कस्तो देख्छु
बिहानिको घामलाई
तुषारोले छेकेझै
बाङ्गो टिङ्गो अबरुद्र बस्ती देख्छु
हज्जारौँ लाशहरु थुपार्ने
गन्हाएको मुर्दाघरजस्तो देख्छु
कहिले उर्लिएको
मध्य बर्षाको भेल जस्तो देख्छु
यो मान्छेहरुको संसारमा
बस्ती बन्नुको अपरिहार्यतामा
मान्छेले अल्पिएको एक टुक्रा जमिन देख्छु
बलिरहेको न्यानोबाट भागेर निभेका खरानीहरुमा
आफ्नो भबिस्य खोज्ने
पागल मानवहरु देख्छु
माननीय आत्माको शिरबाट
सललल षड्यन्त्र बगेको देख्छु
खै के के देख्छु
पुन : कोत र भण्डारखालाको संकेत देख्छु
जे देख्छु यस्तै देख्छु
आजको यो आभिसप्त सिङ्गो बर्तमान देख्छु
यो बस्ती
हिजो आज
देउसै मातेको देख्छु।

–सोफिया कटवाल