काठमाण्डौ / नेकपा युवा नेता योगेश भटटराईलाइ पर्यटन मन्त्री बनाइएपछि सोही पार्टीको केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले नकारात्मक प्रतिकृया सार्वजनिक गर्नुभएको छ। उहाँले योगेश मन्त्री बन्न नहुने आशयको अभिब्यक्ति दिनुभएको छ। उहाँले योगेशलाई मन्त्री नबन्न पटक पटक सुझाव दिँदै आउनुभएको थियो।

तर यसपछि उहाँले सपथ लिएपछि झाँक्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ–’आफ्नै कारण अप्ठयारोमा परेकोले केही मुठठी खुकुलो बनाउनु पर्यो। जसको कारण योगेश दाइलाइ मन्त्री बनाइयो। सरकार अलोकप्रियताको भुंग्रोमा छ। दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले। मेरो आमा भन्नुहुन्थ्यो,जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ।’सरकारको लोकप्रियता खस्कदै गएको भन्दै झाँक्रीले योगेशलाई अहिले मन्त्री बन्न नहुने सुझाव दिँदै आउनुभएको थियो।

नेकपामा योगेशलाई मन्त्री नहुन रामकुमारीले लामो समयदेखि कसरत गर्दै हुनुहुन्थ्यो। उहाँको विचारमा यो सरकारमा जादाँ योगेशलाई ब्यक्तिगत रुपमा राम्रो हुदैन भन्ने थियो तर योगेशलाई प्रधानमन्त्री केपी अ‍ोली र माधव नेपालको समेतको दवाव भएपछि अन्ततः मन्त्री बनाइयो।

तर मन्त्रीभएपछि पनि उहाँलाइ दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सपना पुरा गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गर्न थालिएको छ। यसले योगेशको स्वतन्त्र छविमा समेत समस्या पार्ने देखिन्छ।