पल इन्टरटेनमेन्ट प्रालिले र इटहरी लेडि जेसिजको सहकार्यमा मिस सुनसरी २०१८ नामको सौन्दर्य प्रतियोगिता गर्ने भएको छ। प्रा.लि.ले बिहिबार इटहरीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।

मनोरञ्जनको क्षेत्रमा कार्यरत पल इन्टरटेनमेन्टले यसअघि बिभिन्न म्युजिक भिडियो गर्नुका साथै मिससटन हेटौँडा, मिस सर्लाही र मिस एण्ड मिसेस जापान एण्ड नेपाल गरिसकेको छ।

१६बर्षदेखि २७ बर्ष सम्मका अबिवाहित युवतीहरुका लागि लक्षित कार्यक्रममा सहभागी हुन चाहने पाँच फिट भन्दा माथी हुनैपर्ने जानकारी गराईएको छ। बैशाख २७गते देखि आवेदन खुल्ने र जेष्ठ १०गते आवेदन बन्द हुने र आवेदन इटहरी, धरान, इनरुवा, र दुहवीमा पाईने आयोजकले जनाएको छ।

अडिसन जेठ १५गते अनि ओरेन्टेशन क्लास जेठ १७ गते यसैगरी जेठ १९गते देखि प्रशिक्षण हुने र असार १५गते कार्यक्रमको ग्राण्ड फिनाले हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको बिजेताले स्कुटर, १० क्यारेटको चाँदीको क्राउन, अन्तराष्ट्रिय मोडलिङ कन्ट्राक्टलगायतको पुरस्कार यसैगरी फष्ट रनर अपले एकलाख नगद पुरस्कार ७क्यारेटको चाँदीको क्राउन, राष्ट्रिय मोडलिङ कन्ट्रयाक्टलगायतका पुरस्कार र सेकण्ड रनर अपले ५० हजार नगद, पाँच क्यारेट चाँदीको क्राउन, मोडलिङ कन्ट्रयाक्ट आदि पाउने आयोजकको भनाई छ।