नेपाली चेली प्रतिष्ठा राउतले मिस इङ्गल्याण्डको दोस्रो रनर अपको बाजी मारेकी छिन्।

प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिएकी छिन्।

यसका साथै उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल भएकी छिन्। मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल भएकी छिन्। यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको छ।