झापा / झापाको बिर्तामोडका होटलमा बालिकाहरुलाई यौनधन्दामा लगाउने तीनजना होटल सञ्चालक जेल चलान भएका छन्। झापा प्रहरीले गत जेठ २२ गते गरेको अनुगमनमा ५ जना वालिकालाई उद्धार गर्नुका साथै तीनजना होटल सञ्चालकलाई पक्राउपछि बालबालिका सम्बन्धि ऐन २०७५ वमोजिम मुद्दा दायर गरेको थियो।

पुर्पक्षका लागि कारागार चलान भएकाहरु सुनसरी धरान जोरसखुवा घर भई झापाको बिर्तामोडमा प्रतिक्षा होटल एण्ड लजमा कार्यरत अभिषेक तामाङ, झापा विर्तामोड नगरपालिका –५ हिकोला रोडमा रहेको मनशान्त होटलका सञ्चालक किरण भन्ने कुमार तामाङ र बिर्तामोड नगरपालिका १ का नविन विश्वकमर्मा भन्ने रत्नबहादुर विश्कर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले जानकारी दिनुभयो।

प्रहरीले मनिका होटल एण्ड लजका निश्चल विश्वकर्मा भन्ने राम पोर्तेल फरार रहेकाले उनीहरुको समेत खोजी कार्य जारी रहेको जनाएको छ।