धनगढी / कैलालीमा छोराले हसिया प्रहार गर्दा बुवाको हत्या भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेका हुन्।

यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। उहाँलाई गयराती नै कोहलपुर रेफर गरिएको छ। हत्या गर्ने रावतलाई भने गयराती नै नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो।

उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।