फाइल तस्विर

धुलिखेल / काभ्रेको धुलिखेल नगरपालिका १ देवीटारमा वृद्धा माइलीमाया तामाङको हत्या भएको छ। घरायसी विवादमा ६३ वर्षीया माइलीमायाको हत्या भएको हो।

राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो। माइलीमाया र सुन्तली सासू बुहारी हुन्।

टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे ज्यान गएको थियो।

प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ।