सुनसरीको इनरुवामा ट्रयाक्टरमा चेपिएर मेहताको मृत्यु

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार 31, 2076

                                                                      फाइल तस्विर

सुनसरी / सुनसरीको इनरुवा नगरपालिका ९ जमुवामा ट्रयाक्टरमा चेपिएर चन्दनकुमार मेहताको ज्यान गएको छ। मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फसेको थियो।

सोहि ट्रयाक्टर निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय मेहतालाई चेप्दा गम्भीर घाईते भएका थिए। घाईते मेहतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved