चितवन / ४३ केजी लागूऔषध चरेससहित चितवनको रत्ननगरबाट प्रहरीले भारतीय नुर्जाहा खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत मोतिहारी घर भएकी ७० वर्षीया वृद्धा खातुनलाई चरेसहित पक्राउ गरेको हो।

खातुन चितवन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यलय टाडीबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाठण्डौँमा खटिएको टोलिले सोमबार राति पक्राउ गरेको हो।

खतुनलाई चरेससहित इलाका प्रहरीका टाडीमै राखि थप अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो।