इटहरी / पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध सो आदेश जारी गरेको हो।

उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो। मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो।

गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।