स्मार्ट इक्यान बनाउने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को वैशाख ८ गतेको हुन गईरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका व्यक्ति हुुन् विष्णुहरी पाण्डे । उनी हाल इक्यानको उपाध्यक्ष पदमा रहेर यसका विभिन्न अवसर र चुनौतिहरुको सामना गर्दै इक्यानलाई अगाडी बढाउन सफल भएका व्यक्ति पनि हुन्। दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर आफुले गरेका कार्यसम्पादन प्रति गर्व गर्दै इक्यानलाई अझ ब्यवस्थित र ब्यवसाय मैत्री बनाउन एसपटक पाण्डेले अध्यष पदका लागि उम्मेद्वारी दिएको बताएका छन्। रोयल एजुकेशन फाउण्डेशनका म्यानेजिङ डाइरेक्टर समेत रहनु भएका पाण्डेसँग समग्र निर्वाचनका एजेण्डा र १२ औँ निर्वाचनमा उहाँको उम्मेद्वारीका सम्बन्धमा केन्द्रित रहेर गरिएको कुराकानी संक्षेपः

इक्यानको शनिबार हुन गईरहेको निर्वाचनमा तपाईँको उम्मेद्वारी किन र के का लागि ?

नेपाल शैक्षिक परामर्श संघ अहिले २२ वर्षमा प्रवेश गरेको छ भने यो बाह्रौँ अधिवेशन हो र सातौँ कार्यसमितिको चयन गर्ने तयारीमा हामी लागेका छौँ। इक्यानले विभिन्न प्रकारका अवसर, चुनौति र समस्यासँग जुध्दै–खेल्दै यहाँसम्म आइपुगेको छ। यहाँसम्म आइपुग्दा यसको एउटा आकार बन्नु गर्वको विषय हो । राज्यका कुनै पनि संयन्त्रले शैक्षिक परामर्श ब्यवसायलाई नहेर्दा इक्यानले आफ्नै आचार संहिता बनाएर यो क्षेत्रलाई मर्यादित र अनुशासित बनाएर अनुगमन समेत गरेको अवस्था र विभिन्न उद्देश्य लिएर त्यसको परिपुर्तिका साथ इक्यान यहाँसम्म आइपुगेता पनि यसको सुधार गर्नुपर्ने पक्षहरु अझै बाँकी नै छन्।

शैक्षिक परामर्श ब्यवसायका कतिपय कुराहरुमा शिक्षा मन्त्रालय मातहतमा रहेर पनि मन्त्रालयले अभिभावकको भूमिका खेल्न नसकेको अवस्था छ। मन्त्रालयले दर्ता र मान्यता प्रदान गर्ने बाहेक केही गरेको छैन। कन्सल्टेन्सीहरुले रिन्युको लागि पनि उत्तिकै समस्या भोगिरहेका छन्। शाखा खोल्ने प्रावधानका विषयमा मन्त्रालय प्रष्ट नहुने, तर हाम्रा व्यवसायीहरुलाई प्रशासन मार्फत पक्राउ गर्ने लगायतका घटनाहरु पनि थिए । यो हाम्रो लागि एक कालो दिनको रुपमा रह्यो। त्यस्ता काला र तिता दिनहरु अब इक्यानले झेल्नु नपरोस् यसका चौतर्फी समस्या समाधान गरी इक्यानलाई स्मार्ट इक्यान बनाउने उद्देश्यले मैले निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हुँ।

वर्तमान कार्य समितिमा स्वयम् हुँदा पनि चाहेअनुरुप इक्यानलाई अगाडी बढाउन सकेनौँ भन्नुको अर्थ अहिलेको कार्यकाल असफल भएको हो ?
अहिलेको कार्य समिति असफल भयो भन्ने मेरो आशय होइन । हामीले प्रयास गर्दा पनि शिक्षा मन्त्रालयमा नगएको कुराहरु धेरै छन्। हिजो शिक्षा मन्त्रालयले हामीलाई एउटा निर्देशिका मार्फत बाँध्योे भनेर हामी चुप लागेर बस्ने होइन, यसलाई कानुनमा स्पष्ट पारेर जाने हो । यो प्रक्रिया परिस्कृत रुपमा अगाडी बढीरहनेछ। हामीलाई मन्त्रालयले स्विकृत गरिसकेपछि जुन अनुशासनमा लैजानुपर्ने थियो, त्यो भएन । विद्यार्थीहरुले तिरेका ट्याक्सको सदुपयोग भएको छैन । जुन ट्याक्स् फन्ड छ, त्यो फन्डलाई प्रयोग गरेर विद्यार्थीलाई सेभलाईन गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

त्यस्तै शिक्षा मन्त्रालयले हाम्रो नै आब्हानमा व्यवसायीहरु पर्फेक्ट, इक्वालिफाइड, वल्र्ड टेन हुनुपर्छ भन्ने आवाज उठायो जसको कारणले शिक्षा मन्त्रालय अन्तर्गतको टिआइटिआइबाट यसका टे«निङका कामहरु भए । तथापि, धेरै वर्ष काम गरेका अनुभवी व्यावसायीहरुलाई टिआइटिआइले दिने ट्रेनिङ त्यत्ति उपलब्धिमुलक नरहेका कारण यसमा पुनःसंरचना हुनु जरुरी छ । टे«निङमा इक्यानको प्रत्यक्ष संलग्नतामा शिक्षा मन्त्रालयको एउटा अभिभावकत्व हुनुपर्ने हो तर रहेन। यो व्यवसायमा मानिसहरुले हेर्ने दृष्टिकोण पहिलेको भन्दा फरक त भएको छ तर, यो एउटा कन्सल्टेन्सी व्यवसायको रुपमा विकास हुनु जरुरी छ। इक्यानका व्यवसायीहरुले राम्रोसँग आफ्नो सर्भिस विकास गर्न सकेको खण्डमा मात्र इक्यान जनमानसमा स्थापित हुन सक्छ । हामीले आफ्नो तर्फबाट कमाएको केही रकमबाट सीएसआरको आधारमा पनि खर्च गरिरहेका छौँ। यी कुराहरु गर्न बाँकी रहेको छ।

दुई वर्षको कार्य कालको समिक्षा गर्नुपर्दा, तपाईँले अघिल्लो निर्वाचनमा गर्नुभएका प्रतिबद्धताहरु सबै पुरा भए त ?
हामीले अघिल्लो निर्वाचनका ७५ प्रतिशत कामहरु सम्पन्न गरिसकेका छौँ । बाँकि रहेका २५ प्रतिशत कामहरु दिर्घकालीन रुपमा गर्नुपर्ने खालका छन्। ति दिर्घकालिन कामहरुलाई यसपटकको घोषणा पत्रमा जोडेका छौँ । हामीले अहिलेको कार्यसमितिले तय गरेका भावी कार्य योजनाहरुलाई एउटा बुँदाको रुपमा राखेका छौँ भने बाँकी २५ वटा नयाँ कामलाई पनि घोषणा पत्रमा राखेका छौँ । ती मध्ये कुनै सर्ट टर्ममा रिजल्ट देखिने खालका छन् भने कुनै लङ टर्ममा। उम्मेद्वारी जितेर म आएँ भने तुरुन्तै चेन्ज गर्छु भन्ने होइन, हिजोको कुरालाई क्रमशः गर्दै इक्यानमा व्यावसायिकता कायम गर्ने र काम गर्ने तरिकामा फरक ल्याउने मात्रै हो।

परम्परागत शैली (रोलक्रम प्रणाली) का कारणले गर्दा इक्यानले सोचेजस्तो परिवर्तनको गति लिन नसकेको हो ?
तपाईँले उठाउनु भएको रोल क्रम प्रणालीको प्रसंग सायद म सँग मेल नखान सक्छ । किनकी म आफैँ पनि निर्विरोध कोषाध्यक्षमा उठेको मान्छे हुँ । म आफैँ मनोनित उपाध्यक्ष भएको मान्छे हुँ ।
साथीभाइहरुले भन्नुभयो ‘तपाईँ दुई वर्ष बाहिर बस्नुस्’ म फेरी तयार भएँ । त्यसपछि फेरी उहाँहरुले नै भन्नुभयो, ‘तपाईँ नआई इक्यानले गति लिन सकेन । तपाईँ कन्टेष्टेड भएर उपाध्यक्ष हुनुप-यो’ म फेरी आएँ। मैले इक्यानमा खेलेको जिम्मेवारीका कारणले नै मलाई अध्यक्षको रुपमा प्रस्तावित गरियो। इक्यान एउटा यस्तो टिम हो, जहाँ यथास्थितिवाद हुँदैन, प्रोग्रेसिभ हुन्छ।

हामीले महासचिव सदस्य नभएको मान्छेलाई पनि एकैचोटी महासचिवका निम्त्ति ल्याएका छौँ। हाम्रो टिममा महिलाकोे सहभागिता पनि उत्तिकै रहेको छ । हामीले महिलालाई पनि प्राथमिकतामा राखेका छौँ । हिजो कार्यसमितिमा सदस्य मात्रै भएको मान्छेलाई उसको काम हेरी आज उपाध्यक्षको लागि चयन गरेका छौँ। यो नै एउटा यस्तो टीम हो, जसले आवश्यकता अनुसार इक्यानलाई परिवर्तन गर्न सक्छ। इक्यान भनेको अष्ट्रेलिया मात्रैको लागि होइन, यसले सबै देशहरुलाई समेट्न सक्नुपर्छ । कतिपय साथीहरु विदेशबाट बोलाएर नेपालमा उम्मेद्वारी दिएको अवस्था छ । यस संघमा बसेका तीन सय अट्ठासी जना मान्छेहरु इनोभेटिभ, क्रियटिभ हुन जरुरी छ। विनम्रतापुर्वक म भन्न चाहन्छु, यो मैले कुनै हलो जोत्ने मान्छेको अवहेलना गरेको होइन । यो कुनै हलीहरुको र पोलिटिकल पार्टीको संगठन होइन जहाँ, एउटै मान्छे बारम्बार एउटै पोष्टमा बस्नुपर्छ।इक्यानको उपाध्यक्ष भएर रहिरहँदा म र मेरा साथीहरुले इक्यानलाई अगाडी बढाउन सफल भयौँ । मलाई गर्व छ हामीले एउटा फेयरबाट ३० लाख भन्दा बढी आम्दानी गर्न सफल भएका थियौँ । मैले के पनि सुनिरहेको थिएँ भने, प्रथम उपाध्यक्ष म थिएँ, भुमिका त विष्णुहरी ज्युले खेल्नुभयो । त्यसैले आफ्नो विभागीय जिम्मेवारी सँगसँगै समग्रमा इक्यानमा मैले कति विकास गर्न सक्छु भन्ने कुरा नै उम्मेद्वारीको महत्वपुर्ण पक्ष हो।

इक्यानलाई चुस्त, दुरुस्त बनाउनका लागि तपाईँका टिमहरु योग्य छन् ?
हाम्रो टिममा राम्रा र योग्य व्यक्तिहरु छन् जसले इक्यानको विकासमा महत्वपूर्ण पात्रका रुपमा आफ्नो जिम्मेवारी सजिलै बहन गर्न सक्नेछन्। म (विष्णुहरी पाण्डे) चार पाँच–ओटा देशलाई फोकस गरिरहेको छु भने टेष्ट प्रिप्ररेसनमा पनि काम गरिरहेको छु र मसँग उपाध्यक्ष पदमा रहेर गरेका कार्यहरुको अनुभव पनि छ। त्यस्तै उपाध्यक्ष देवीदास भट्टराई हुनुहुन्छ, अमेरिकाको लागि हामी एक्सपर्टको रुपमा उहाँलाई लिन्छौँ । अर्को खड्गबहादुर ताम्लिङ लिम्बु हुनुहुन्छ, उहाँ जापानको लागि एक्सपर्ट हुनुहुन्छ। त्यस्तै सपनाराज भण्डारी, उहाँ ४० प्रतिशत टेष्ट प्रिपरेसनको लागि हेल्प गर्नु हुन्छ । उहाँ एउटा नाम चलेको कलेज एन आइ सी को उपाध्यक्ष समेत हुनुहुन्छ। महासचिबको उम्मेद्वार शेषराज भट्टराई आफैंमा एउटा सक्षम, काम गर्न चाहने नाम हो, उहाँले अर्बिट इन्टरनेशनल जस्तो प्रतिष्ठित र स्थापित संस्था हाँकीरहनुभएको छ। हाम्रो टिममा सबै राम्रा मान्छेहरु नै छन् । सबै जना सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम हुनुहुन्छ र मलाई विश्वास छ, हाम्रो टिम प्रतिबद्धताका साथ इक्यानको विकास र प्रवद्र्धनमा लाग्नेछ।

विष्णुहरी पाण्डेले इक्यानमा पार्टीगत राजनीति ग-यो, भन्ने विषयलाई कसरी लिनुहुन्छ ?

विष्णुहरी पाण्डेलाई इक्यानमा राजनीति गर्नु जरुरी छैन। विष्णुहरी पाण्डे देशको कुनै पोलिटिकल सिस्टम अथवा त्यसभन्दा बाहिर रहेर विमुख हुन्छ जस्तो मलाई लाग्दैन । त्यस्तै अर्को कुरा मैले शोखले पोलिटिक्स गर्ने हो । इक्यानलाई जिविकोपार्जनको पेशा बनाउनु हुँदैन भनेर मैले आज भन्दा १५ वर्ष अगाडी एजुकेशन कन्सल्टेन्सी खोलेको थिएँ। मैले पोलिटिकल एचिभ्मेन्ट इक्यानबाट हैन अरुतिरबाट पाइसकेको छु । मेरो अहिलेको पोजिसनले पनि त्यही कुराको डिटरमाइन्ड गर्छ । यहाँ विशुद्धता होइन शुद्धता हुनुपर्छ, यो व्यवसाय राम्रो तेजिलो व्यवसायको रुपमा स्थापित हुन सक्नुपर्छ । म कुनै प्रदेशको सिफारीसमा भएको उम्मेद्वार होइन । त्यसैले पोलिटिक्स गर्नको लागि विष्णुहरी पाण्डेलाई इक्यान प्रयोग गर्नुपर्दैन।

इक्यान–इक्यानीयनलाई सबल र पारदर्शी बनाउन तपाईँको टिमले के कस्तो एजेन्डाहरु तयार पारेको छ ?
सबै योजनाहरु हामीले घोषणा पत्रमा लिपीबद्ध गरेका छौँ । मतदाता साथीहरुलाई हाम्रो घोषणा पत्र एकपटक पढिदिनुहुन पनि आग्रह गर्न चाहन्छु ।

१. अभिभावक र विद्यार्थीहरुको कन्सल्टेन्सी प्रतिको विश्वासलाई मजबुत बनाइ उहाँहरुको पनि परामर्श लिने ।
२. मन्त्रालयसँग सम्बन्धित समस्याहरु अक्षरसः तीन देखि पाँच महिना भित्रमा समाधान गर्ने ।
३. इक्यानले सोजेजस्तो ट्रेनिङ हुन सकेन भने टीआइ टीआइको ट्रेनिङमा अब इक्यान जाँदैन र, अब बन्ने कानुन इक्यानीयनको हकहितका लागि नेगोसेसन गर्न सक्ने, लविङ गर्न सक्ने खालको बनाउने ।
४. आगामी दिनहरुमा नयाँ देशहरुको गन्तव्य तय गरेर ती देशहरुका एम्बेसी र युूनिभर्सीटीहरु सबैलाई नेपालमा आई विजनेस गर्न सक्ने अवसर सिर्जना गर्ने ।
५. भ्याटमा पुनरावलोकन गरी मन्त्रालय र इक्यानीयनलाई गाइड गर्ने संघ–संस्थाहरुसँग स्मार्टली काम गर्ने वातावरण सिर्जना गर्ने ।
६. इक्यानलाई स्मार्ट बनाइ व्यवसायीहरुले छोटो समयमा नै बढी सुचना तथा जानकारी लिन सक्ने वातावरण सिर्जना गर्ने ।
७. समस्या परेका कन्सल्टेन्सीहरुका लागी हेल्प डेक्स तयार गर्ने र हेल्प डेक्समा आएका समस्याहरुलाई आ–आफ्नो डिपार्टमेन्ट अनुसार एलोकेट गरी त्यसलाई २४ घण्टाभित्र समाधान गर्ने ।
८. इक्यानको व्यवसाय र इक्यानीयनलाई चुस्त दुरुस्त बनाउने ।
९. योजनाबद्ध रुपमा इक्यानको आफ्नै भवन निर्माण गर्नको लागि पहल गर्ने । kkkk

विभिन्न क्षेत्रमा छरिएर रहेका कन्सल्टेन्सीहरुलाई एकत्रित गरी नेपाल सरकार मार्फत ल्याउन इक्यानले किन पहल गर्दैन ?
इक्यानलाई महासंघको अवधारणामा लैजानु कुनै समस्याको विषय होइन । हामीले यसको लागि छलफलमा जाने निर्णय पनि गरिसकेका छौँ । तर मेरो अलिकति फरक सिद्धान्त रहेको छ ।
कन्सल्टेन्सीहरुकोे १९ सय संख्याको हाराहारीमा शिक्षा मन्त्रालयमा आवेदन परेको छ । हजार बाह्र सयले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका छन् । इक्यान २२ औँ वर्षमा प्रवेश ग¥यो । यसको १२ औँ अधिवेशन अहिले चलिरहेको छ । कार्यसमिति ७ औँ वर्षमा छ । मैले इक्यानलाई एउटा नेता संगठन पनि भन्ने गरेको छु । यसको दायित्व इक्यानीयनभित्र नै छ । अब शिक्षा मन्त्रालय र इक्यानबीच क्लोज कोअर्डिनेसन गरेर कमन एजेन्डाहरु निकालेर यो व्यवसायलाई व्यवस्थित बनाउन जरुरी छ र, हामीले जितेको तीन महिना भित्रमा यी सबै कार्य सम्पन्न गर्नेछौँ ।

हामीले ह्वाटको होइन हाउको खाका तयार पारेका छौँ । त्यसैले हाम्रो लागि सबै संम्भव छ। हामी यसलाई कसरी हुन्छ अगाडी बढाउने प्रयत्नमा जुट्नेछौँ । अरु कुनै संघ संस्थासँग इक्यानलाई आवद्ध हुन हामी दिँदैनौँ । इक्यानलाई नेपाल सरकार मार्फत् ल्याई महासंघको धारणामा लैजान पनि तयारी गर्नेछौँ ।

अन्तमा, आम इक्यानीयन मतदाताहरुलाई के भन्नुहुन्छ ?
निर्वाचनका बेलामा विभिन्न खालका एजेन्डा र विभिन्न खालका कुराहरु लिएर मतदाता सामु अथवा कन्सल्टेन्सी सामु टीमहरु आउन सक्छन्, ती सबैको हिजोको इतिहासलाई हेरेर मात्र उम्मेद्वारी चुनिदिनुहुन म आम मतदाताहरुलाई आग्रह गर्न चाहन्छु। निर्वाचनका लागि उठेका आम उम्मेद्वारहरुले के–कस्ता कामहरु सम्पन्न गरे, उनीहरुको समझदारीपन, जिम्मेवारी बहन गर्न सक्ने क्षमताका साथै टीमले इक्यानलाई लिड गर्न सक्छ कि सक्दैन भन्ने सम्पूूर्ण कुराहरुको मुल्याङ्कन गरी एजेन्डाहरु हेरेर मात्र मतदान गरिदिनुहुन आग्रह गर्दछु। यदी म सक्षम छु, इक्यानलाई लिड गर्न सक्छु, मैले पहिले गरेका कार्यहरुप्रति सन्तुष्ट हुनुहुन्छ र यसले अझै राम्रो गर्छ भन्ने लाग्छ भन्ने मलाई मतदान गरी अध्यक्ष पदमा विजयी गराईदिनुहुन पनि म आम इक्यानीयन मतदाताहरुलाई आग्रह गर्न चाहन्छु।