काठमाण्डौ / मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ। कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ पुस्तक छानिएको गुठीले जनाएको छ।

गुठीले संस्थाको विधान अनुसार ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ समितिबाट सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश नामक पुस्तकलाई छनोट गरिएको अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने दीक्षितले जानकारी दिनुभयो।