क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको लघु चलचित्र हाम्रो जीएफ सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसरमा क्रेजी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट बैशाख १ गते सार्वजनिक गरिएको हो।

सर्टमुभिमा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा सेर्पा र दिपेन घलेको अभिनय हेर्न सकिन्छ। सर्टमुभिलाई सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन्। निर्दशक राईले दर्जन बढी म्यूजिक भिडियो निर्देशन पछि पहिलो पटक छोटो चलचित्र निर्देशन गरेका हुन्।

सर्टमुभिको कथा सन्तोष राई (छत्र)को रहेको छ भने सम्पादन दिनसन साहले गरेका छन्। पूर्वको झापा र मोरङमा छायांकन गरिएको सो चलचित्रलाई भूपेन्द्र तुम्वाहाम्फले खिचेका हुन्। निर्देशक राईले यो लघु चलचित्रले टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र त्यसको गलत प्रयोगले हुने युवा युवतीको नकारात्मक असरलाई देखाइएको छ।

मोफसलमा रहेर क्रेजी इन्टरटेनमेन्टले भिडियो मेकिङ गरिरहेको छ। अब चाँडै नै ठूलो व्यानरको चलचित्र पनि निर्माण गर्ने बताइएको छ।

हेर्नुहोस भिडियो :-

https://www.youtube.com/watch?v=kDjiUp_HKhY