बेलबारी / ट्राईब्रेकरमा बेलबारी नगरपालिकालाई पराजित गर्दै केराबारी गाउँपालिका अन्तरपालिका बेलबारी मेयरकपको फाईनलमा प्रवेश गरेको छ।

विहीवार भएको सेमीफाईनल खेलमा बेलबारीलाई ट्राईब्रेकरमा ५—४ को गोल अन्तरले पराजित गर्दै केराबारी विजयी भएको हो। विजयी संगसंगै केराबारी गाउँपालिका उपाधिका दावेदार बनेको छ।

निर्धारित समयमा दुवै तर्फबाट एक एक गोलको बराबारी भएपछि ट्राईब्रेकर भएको थियो। खेल संचालन भएको २० मिनेट केराबारीका खेलाडी सन्तोष लिम्बूले गोल गरेका थिए। त्यसैगरी बेलबारीका तर्फबाट ३० औ मिनेटमा विनोद अधिकारीले जवाफी एक गोल गरेर बराबारी बनाएका थिए। 65761564-2229531760494091-6878680855175233536-n-1

खेलको म्यान अफ दि म्याच केराबारीका जर्सी नम्बर १० का भुवन बस्नेत घोषित भएका छन्। उपाधिका लागि शनिवार पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकाको प्रतिष्पधात्मक खेल हुने छ।