इटहरी–

talim
गुगल फोटो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुनसरीको इटहरीस्थित पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्र तरहरामा दुईदिने कृषि संरक्षण सम्वन्धि तालिम प्रारम्भ गरेको छ।

कृषि क्षेत्रमा पछिल्लो समयमा कृषि बैज्ञानिकहरुबाट सिफारिस एवं अनुसन्धान गरिएका अध्याधुनिक प्रविधि र नश्लका धिषयमा कृषकस्तरमा प्रविधि बिस्तार गर्ने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको हो। कृषि क्षेत्रमा भएका अनुसन्धान एवं त्यसको उत्पादकत्व बृद्धिसँगै स्वस्थ उत्पादनमा ध्यान दिनुपर्ने बिषयमा सहभागिहरुलाई बिशेष जानकारी गराउने तालिमको मुख्य उद्देश्य रहेको छ।

तालिमको प्रारम्भ गर्नुहुँदै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख सुरेन्द्रप्रसाद साहले कृषि उत्पादनका पकेटा जोन र उपजोन अन्तर्गत कृषि मन्त्रालय एवं बिभागले तोकेका ठाउँहरुमा बढिभन्दा बढि स्वस्थ र आय आर्जन गर्न सकिने कृषिजन्य उत्पादनमा जोड दिनु तालिमको उद्देश्य रहेकोमा जोड दिनुभयो।

तालिममा सुपर जोन किटान गरिएको झापा, दाङ्ग, कैलाली तथा उपजोनका जिल्लाका रुपमा रहेका सुनसरी, मोरङ्ग र धनुषाका कृषि प्रसार अधिकृत लगायतको सहभागिता छ। तालिममा सहभागिलाई शुक्रराज श्रेष्ठ, दिनेश थापा, सञ्जितकुमार झा, पंकज ज्ञावलीलगायतले सहजीकरण गरिरहनुभएको छ।