इटहरी / उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलले देशले शैक्षिक वेरोजगार उत्पादन नगर्ने बताउनुभएको छ। मोरङको हात्तिमुढा स्थित मनमोहन स्मृति पोलिटेक्निकको ९९ औँ मनमोहन जन्म जयन्ति समारोहलाई सम्वोधन गर्दै उहाँले त्यसो भन्नुभएको हो।

मनमोहन स्मृति पोलिटेक्निकको अध्यक्ष समेत रहनुभएका पोख्रेलले ७० प्रतिशत भन्दा वढि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिइने प्रष्ट पार्नुभयो। उहाँले सम्वृद्ध नेपाल, शुखी नेपाली नारा मात्र नभएर राष्ट्रिय आँकाक्षा भएकाले यसलाई पूरा गर्न शीप भएका दक्ष जनशक्ति उत्पादन गरिनु पर्नेमा जोड दिनुभएको हो।

3 1 बीए,एमए पास गरेर वेरोजगार वस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उपप्रधानमन्त्रीको जोड छ। उहाँले दक्षजनशक्ति उत्पादन गर्नमा मनमोहन स्मृति पोलिटेक्निकले योगदान वढाउनु पर्ने बताउनुभयो।

उपप्रधानमन्त्री पोख्रेलले मनमोहन अधिकारी निष्ठावाट कहिल्यै पनि अविचलित रहनुभएको स्मरण गर्नुभयो। उहाँले मनमोहन अधिकारीलाई पूर्व प्रधानमन्त्री अर्थात ठूलो मान्छे भनिदिउन भन्ने कहिल्यै लाग्दैन थियो तर अशल मान्छेका रुपमा बुझिदिउस भन्ने लाग्थ्यो भन्नुभयो। मनमोहन अधिकारीको योगदान र सपनालाई वाँच्नेहरुले आँखामा सुरक्षित राख्नु सक्नु पर्नेमा उहाँले जोड दिनुभयो।

4 2 कार्यक्रमलाई संघीय सांसद धनश्याम खतिवडा,मध्पश्चिम विश्वविद्यालयका भिसि उपेन्द्र कोइराला, प्रदेश नम्वर एकका मुख्यसचिव शुरेश अधिकारी, नेकपाका केन्द्रीय सदस्यहरु विनोद ढकाल, भगवती चौधरी, महेश रेग्मी,गोपी अछामीले सम्वोधन गर्नुभयो।

उहाँहरुले नेपाली राजनीतिमा मनमोहन अधिकारीको योगदानको चर्चा गर्नुभयो। पोलिटेक्निकका प्रार्चाय डा सुवासश्री पोख्रेलले विद्यार्थीहरुलाई पोलिटेक्निकमा खुशि भएर पढन आग्रह गर्दै रोजगार वनाउने जिम्मा लिने प्रतिवद्धता जनाउनुभयो।

मनमोहन जन्यजयन्तीका अवसरमा मनमोहन पोलिटेक्निकमा भएको रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन। जन्मजयन्तिकै अवसरमा पोलिटेक्निकको ५ दशमलव ५ हेक्टर जग्गामा वृक्षारोपण कार्यको समेत उपप्रधान एवं रक्षामन्त्री पोख्रेलले शुभारम्भ गर्नुभयो।

2 3
वृक्षारोपण गर्नुहुदैँ उपप्रधान एवं रक्षामन्त्री पोख्रेल