फाइल तस्विर

उदयपुर / उदयपुरको कटारी नगरपालिका ४ मरुवामा आइतबार दिउँसो १२:४० बजेको समयमा घाँटी रेटेर लक्ष्मी राईको हत्या भएको छ। लक्ष्मीको हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले सौता सीता राईलाई पक्राउ गरेको छ।

श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १ सय मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीताले आफ्नी सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ।

हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ।