काठमाण्डौ / दिल्लीमा एक शिक्षकले आफ्नै श्रीमती र तीन सन्तानको हत्या गरेका छन्। दिल्ली दक्षिण भाग मेहराउली क्षेत्रमा शनिवार उपेन्द्र शुक्ला नाम गरेका ३५ वर्षीय शिक्षकले आफ्नै निवासमा परिवारका अन्य सदस्यको हत्या गरेको बताइएको छ।

ती व्यक्तिका सासूले हत्या गरिएको अवस्थामा शवहरु देखिएपछि तत्कालै छिमेकी तथा प्रहरीलाई खबर गरेको बताइएको छ। प्रहरीले घाँटी काटिएको अवस्थामा शुक्लाकी श्रीमती, दुई किशोरी छोरी र एउटा छोरोको शव भेटेको थियो। शुक्लालाई प्रहरी शव रहेको कोठाबाटै पक्राउ गरेको जानकारी दिएको छ।

हत्या गरिएका दुई छोरीमध्ये एउटा सात वर्षको र अर्को दुई महिनाको रहेको प्रहरीले जनाएको छ। त्यस्तै छोरा ५ वर्षका थिए। शुक्ला पछिल्लो समय प्राइभेट ट्युसन पढाउने गरेको बताइन्छ।

प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा ती व्यक्ति आर्थिक समस्याबाट कारण मानसिक चिन्तामा रहेको पत्ता लागेको बताइएको छ। प्रहरीका अनुसार ती व्यक्तिले हत्या गरेको स्विकार्दै एक पत्र नै लेखेका थिए। - एजेन्सी