एजेन्सी / सुन्दापनि मुटु चर्किने घटना भइरहेका छन्। विश्व आधुनिक युगमा छ भनिन्छ तर अपराध भने मानवता नै रित्तिएको जस्तो अवस्थामा भइरहेका छन्। आफ्नै श्रीमतीलाई तान्त्रिकसँग यौन सम्बन्ध राख्न श्रीमानले जोडबल गरे।

श्रीमानकै अगाडी अरुसँग यौन सम्पर्क कुनैपनि महिलाका लागि सोच्न सक्ने कुरै भएन। श्रीमतीले इन्कार गरिन्। झाक्रिसँग यौन सम्बन्ध राख्न इन्कार गरेकै निहुँमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन्।

३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ। सो घटनामा संलग्न ती महिलाका श्रीमान् र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ।

घटना भारतको उत्तर प्रदेशको हो। पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना छोराले देखेपति सहयोग माग्दै कराएका थिए। त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ।

प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन्। सुरुमा सो घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो। त्यसपछि अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए।

सो घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए। उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ।

प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन्। गत वर्ष उनको साथबाट प्रहरीले ठूलो परिमाणमा हेरोइन बरामद गरेको थियो।